सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द

कर्णाली अनलाइन १ चैत्र २०७८, मंगलवार ०४:५२

काठमाण्डौं । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ ।यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिए

१ चैत्र २०७८, मंगलवार ०४:५२
चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ । कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो […]