तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

कर्णाली अनलाइन १८ माघ २०७८, मंगलवार ०५:२२

तनहुँ  ।  तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रक र  ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोनाम ल्होसारका अवसरमा बुधबार सार्वजनिक बिदा

१८ माघ २०७८, मंगलवार ०५:२२
काठमाडौं। सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको हो। गृह मन्त्रालयको सूचनमा उल्लेख छ, ‘२०७८ माघ १९ गते बुधबार सोनाम ल्होसारका उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदेको २०७८ माघ १७ […]