कालीकोटमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार १५:४१


कालिकोट। बहततरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शुक्रवार घुम्ती शिविर सञ्चालन गरिएको छ ।

शिविरमा पचास वर्ष भन्दा माथिका उमेर समुहलाई रक्तचाप, मधुमेहलगायत अन्य रोगको परीक्षण गरिनुका साथै कोभिड–१९ विरुद्धको खोप लगाइएको नि.स्वास्थ्य व्यवस्थापक डा.रत्न विर सुनारले जानकारी दिए ।


उक्त घुम्ती शिविरमा ६८ जनाको रक्तचाप परिक्षण ,५८जनाको मधुमेह र ८९ जनालाई कोभिड-१९विरुद्धको खोप दिइएको छ ।उक्त शिविर जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा सञ्चालन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातन्त्र दिवसको अवसरमा सुर्खेत कारागारका १६ कैदीवन्दीलाई आममाफी

६ फाल्गुन २०७८, शुक्रबार १५:४१
सुर्खेत।सुर्खेत कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १६ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतका १६ जनाले आममाफी पाउन लागेका हुन् । आममाफी पाउनेहरुमा १२ जना पुरुष र चार जना महिला रहेको कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमले जानकारी […]