प्रजातन्त्र दिवसको अवसरमा सुर्खेत कारागारका १६ कैदीवन्दीलाई आममाफी

कर्णाली अनलाइन ७ फाल्गुन २०७८, शनिबार ०३:०१


सुर्खेत।सुर्खेत कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १६ जना कैदीबन्दीले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमाराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतका १६ जनाले आममाफी पाउन लागेका हुन् ।

आममाफी पाउनेहरुमा १२ जना पुरुष र चार जना महिला रहेको कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमले जानकारी दिए । उनकाअनुसार आममाफी पाउनमो कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरु छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेको ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज छैटौँ निर्वाचन दिवस ‘निर्वाचनमा सबै सधैँ सँगै’

७ फाल्गुन २०७८, शनिबार ०३:०१
काठमाडौँ।आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः […]