स्वास्थ्यकर्मी संघ हुम्लाको अध्यक्षमा शाही सर्वसम्मत निर्वाचित

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार ०६:१५

हुम्ला।नेपाल स्वास्थ्यकर्मी संघ हुम्ला शाखाको अध्यक्षमा बलिराज शाही सर्वसम्मत निर्वाचित भएका छन्। लोकतान्त्रिक स्वास्थ्यकर्मी संघमा आवद्ध सदस्यहरुको भेलाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो।

जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको भेलाले खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजकसमेत रहेका शाहीले आफ्नो नेतृत्वमा जिल्ला कार्य समिति गठन भएको बताए। यसअघि संघ गठन भएको भए पनि निष्क्रिय रहेको भन्दै स्वास्थ्यकर्मीहरुले संघका उपाध्यक्षमा ६ जना निर्वाचित भएका छन्। जसअनुसार उपाध्यक्षहरुमा रवीन्द्र देवकोट (खुला), सुहाना हमाल (खुला), नन्दबहादुर शाही (सरकारी), छक्क रोकाया (निजी), लक्ष्मी शाही र लण्डुप दोर्जे लामा (समावेशी) रहेका छन्।

त्यसैगरि संघको सचिवमा विनोद बुढा र सहसचिव पाँच जनामा वीरसिंह रावल, जयकली जेठारा, निराजन शाही, नरकली टमटा र कोषाध्यक्षमा रविजंग शाही निर्वाचित भएका छन्। दश जना सदस्य पनि सर्वसम्मत निर्वाचित भए।अध्यक्षमा चयन भएपछि शाहीले पेशागत हकहित र मुस्कानसहितको सेवा प्रदानका लागि आफू लागिपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेक्सिकन अभिनेत्री तानियाको गाेली हानी हत्या

२ पुष २०७८, शुक्रबार ०६:१५
एजेन्सी।मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ। मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो। त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए। प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनुअघि गायिकामाथि निरन्तर गोली बर्साएका […]