चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ -अध्यक्ष नेपाल

कर्णाली अनलाइन ८ मंसिर २०७८, बुधबार ०७:२६

जनकपुरधाम।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्।बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे।

‘एमालेभन्दा हामी कमजोर छैनौं, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन्। कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ। राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उनले भने, ‘म आफै मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौं।’आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।

सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन। छलफलपश्चात यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ।’पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो। -न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता गिरिले छाडे एमाले

८ मंसिर २०७८, बुधबार ०७:२६
काठमाडौं। प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता डा. अमर गिरिले नेकपा एमाले परित्याग गरेका छन्। बुधबार वक्तव्य जारी गरेर गिरिले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत हुन्। एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशाविपरीत […]

सम्बन्धित शीर्षक