स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०२:५८

काठमाण्डाै । स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्।

पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए।

आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन्।

आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गते भित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो।

सङ्घीय संसदमा  प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने

१३ फाल्गुन २०७८, शुक्रबार ०२:५८
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने गरी कार्यविधि स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हाे । सरकारले विपन्न नागरिकको घर बनाउन पाँच करोड रुपैयाँ बजेट समेत छुट्याएको छ । पाँच करोडमा झण्डै एक सय घर निर्माण गर्ने लक्ष्य […]