साँझसम्म उम्मेदवारी फिर्तानलिने बागी उम्मेदवारलाई पार्टीबाट स्वतःनिस्कासन गर्ने काँग्रेसको चेतावनी

कर्णाली अनलाइन १६ बैशाख २०७९, शुक्रबार ०५:०१

काठमाडौं।नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको छ। स्थानीय तहको चुनावमा गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध दर्ता गरेको उम्मेदवारी फिर्ता लिन विद्रोही उम्मेदवारलाई काँग्रेसले आग्रह गरेको हो।कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए  विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकलाई पार्टीबाट निस्कासन गर्ने चेतावनी दिइएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ को धार ४ (१३) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना वर्ष

१६ बैशाख २०७९, शुक्रबार ०५:०१
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना भएको आज ३१ वर्ष पुरा भएको छ ।महासंघले स्थापना दिवसको अवसरमा बुधबार र बिहीबार पत्रकारहरुका लागि निशुल्क आँखा परीक्षण, रक्तदान कार्यक्रम र मैत्रीपूर्ण भलिबल प्रतियोगित सम्पन्न गरिसकेको छ भने आज शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विस २०४९ साल वैशाख […]