रक्षामन्त्री पूर्णबहादुर खड्का ओमन जाँदै

कर्णाली अनलाइन ६ असार २०८०, बुधबार १८:०८

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का असार दोस्रो साता ओमन जाने भएका छन् । ओमनको राजधानी मस्कटमा असार १३ र १४ गते हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा भाग सहभागी हुन खड्का प्रमुख अतिथिका रुपमा ओमन जान लागेका हुन् ।

खड्काको ओमन भ्रमण मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको हो । सम्मेलनमा ओमन, इराक, कतार, कुवेत, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एनआरएनका अध्यक्षसहितका पदाधिकारीहरु सहभागी हुनेछन् । सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारको नीति र अभ्यास, श्रमिक र उनीहरुको परिवारको स्वास्थ्य सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काकाकुल बन्याे वीरेन्द्रनगर, चुलियो खानेपानीको संकट

६ असार २०८०, बुधबार १८:०८
सुर्खेत- “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्छिन् […]