स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार ११:४६

काठमाडौँ।वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने भएको छ।निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दीनेश थपलियाले देश सञ्चारलाई जानकारी दिए।थपलियाका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्नेछ।

आयोगका अनुसार उम्मेद्वार प्रारम्भिक नाम वैशाख १२ गते बेलुका सार्वजनिक हुनेछ। १३ गते उम्मेद्वारको विरुद्धमा उजुरी दिने, वैशाख १४र १५ गते उजुरी उपर छानबिन गरी निर्णय गर्ने, उम्मेद्वारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गर्ने १६ गते हुने आयोगले जनाएको छ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंकर क्लव कालिकोटको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

४ चैत्र २०७८, शुक्रबार ११:४६
कालिकोट।बैंकर क्लव कालिकोटको अध्यक्षमा मछिन्द कुमार भण्डारी चयन भएका छन। शुक्रबार भएको भेलाले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस्तै उपाध्यक्षमा रोहनकुमार विस्ट,सचिवमा कपिलबहादुर शाही,सह-सचिवमा हिराबहादुर शाही ,कोषाध्यक्ष बशन्ति कुमारी शाही ,प्रवक्तामा बिनय कुमार पाण्डे ,प्रशासनिक\कानुनी सल्लाहकारमा गणेशकुमार आचार्य,रहेका छन भने सदस्यमा गोविन्द्र धामी,टेकराज जोशी,रामशरण चौधरी,लोक बहादुर सावद,सुशिल विष्ट,अविषेक शाही, […]