कालिकोेटको तिलागुफामा आइतवार घुम्ती शिविर सञ्चालन

कर्णाली अनलाइन ९ फाल्गुन २०७८, सोमबार ०६:४८

कालीकोट।जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए । “नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो”, उनले भने ,“जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।”

शिविरमा करिब एकसय जनाको स्वास्थ्य जाँच गरिएको र जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका सिफारिस गरिएको तिलागुफा नगरपालिका स्वास्थ्य सहायक नन्दा मल्लले जानकारी दिए । “जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोट र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरेका छौं”, उनले भने,“सामान्य खालका बिरामीलाई शिविरमै औषधि उपचार गरिएको छ ।”

घुम्ती शिविरमा कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो मात्रा र बुस्टर डोजको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख डा. सुनारले बताए । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबैलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्यसाथ घुम्ती शिविर सञ्चालन गर्दै आएको र जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरलाई तीव्रता दिने डा. सुनारले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ट्रकले किच्दा डिउटीमा रहेकी प्रहरी महिलाको मृत्यु

९ फाल्गुन २०७८, सोमबार ०६:४८
बाँके। जिल्लाको  कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो । गएराति करिब १० बजे तीव्र गतिमा […]

सम्बन्धित शीर्षक