पछिल्लो २४ घण्टामा थप१३ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार १२:५३

काठमाडौं।पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये १ जना आईसीयू र भेन्टिलेटरमा कोही पनि उपचाररत् छैनन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८६० पुगेको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा पत्रकार नमन शाही सिफारिस

७ बैशाख २०७९, बुधबार १२:५३
सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरका लागि पत्रकार नमन शाही सिफारिस भएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले पत्रकार शाहीको नाम मेयरका लागि सिफारिस गरेको हो । करिब १९ वर्ष लामो समय पत्रकारीतामा रहेर भूई–मान्छेका कथा/व्यथा लेखेका शाहीले समूदायलाई नजिकबाट चिनेका छन् भने शाही जनताका लोकप्रिय नेताका रुपमा समेत पर्दछन् […]