अवैध चितुवाको छालासहित सुर्खेतमा तीन जना पक्राउ

कर्णाली अनलाइन १४ बैशाख २०७९, बुधबार ११:४३

सुर्खेत ।अवैध चितुवाको छालासहित सुर्खेतको वीरेन्द्रनगरबाट  तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो ।उनीहरुलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको वीरेन्द्रनगर–१२ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर-१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन् ।उनीहरुलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउको देखी पुच्छर सम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउर गरी आवश्यक कारबाहीकोलागि डिभिजन वन कार्यालयमा पठाउने तयारी भईरहेको प्रहरीको भनाई रहेको छ ।अवैध चितुवाको छाला जुम्लाको सिँजा गाउँपालिकाबाट दलबहादुर बुढाले आज (बुधबार) बिहान मात्रै वीरेन्द्रनगरमा ल्याएर आएका प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षा हलभित्र विद्यार्थीकाे तस्बिर र भिडियाे खिच्न राेक

१४ बैशाख २०७९, बुधबार ११:४३
काठमाण्डाै।सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न रोक लगाएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो । यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र […]