पाँच लाख रुपैयाँ घुससहित मालपोतका प्रमुख पक्राउ

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०६:०४

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

आयोगकाे बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम भानु चाेकमा रहेकाे एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको हाे । झामाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा जिप दुर्घटना हुँदा सात घाइते

२८ चैत्र २०७८, सोमबार ०६:०४
सल्यान। सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन्।  नेपालगन्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका– ६ चैबाङज्युला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन्। घाइते हुनेमा […]