कक्षा १२ को नतिजा सार्वजनिक

कर्णाली अनलाइन १७ मंसिर २०७८, शुक्रबार ०५:३५

काठमाडौँ ।कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुईपटक स्थगित भएको थियो । अन्ततः भदौ अन्तिममा परीक्षा भएको थियो ।परीक्षामा कुल तीन तीन लाख ७४ हजार १५ जना सहभागी भएकामा नियमति तर्फ तीन लाख ३८ हजार ६८८ थिए । यस्तै ग्रेड बृद्धि तर्फ २८ हजार ४६६ र प्रतिशतको आधारमा नतिजा निकाल्नु पर्ने पुराना आंशिक तर्फ ६ हजार ८६१ विद्यार्थी सहभागी थिए ।

सदस्य सचिव अर्यालका अनुसार ४६ जनाको परीक्षा रद्द भएको छ । त्यसमध्ये चारजनाको मर्यादा विपरित नक्कली परीक्षार्थी राखेको पाइएकाले सबै विषयको परीक्षा रद्द गरिएको र अर्को वर्ष पनि अर्को वर्ष पनि परीक्षा दिन नपाउने बनाइएको उनले बताए ।

परीक्षाको क्रममा दुई ठाउँमा टिकटक बनाएर सामाजिक सञ्जालमा राखिएको पाइएकाले त्यसमा संलग्नको परीक्षा रद्द गरी विद्यालय तथा केन्द्राध्यक्षलाई विभागीय कारवाहीको सिफारिस भएको छ ।

नतिजा केहीबेरपछि सिस्टममा अपलोड हुने र हेर्न मिल्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। नतिजा केही बेरपछि https://neb.ntc.net.np/dfमा हेर्न सकिनेछ। सार्वजनिक भएको नतिजा राष्ट्रिय परीक्षा बोडको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, टेलिकमको १६०० सय म्यासेज गरेर तथा १६०१ टायल गरेर थाहा पाउन सकिने बोर्डले जनाएको छ ।यसैबीच दुई विषयमा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीका लागि आउँदो माघ २ र २ गतेका लागि ग्रेडवृद्धि परीक्षा तोकिएको पनि अर्यालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रले गर्‍यो विधान परिवर्तनका लागि कार्यदल गठन

१७ मंसिर २०७८, शुक्रबार ०५:३५
काठमाडौं। नेकपा माओवादी केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उपसमितिमा स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव […]