डोटीमा ट्र्याक्टर दुर्घटना हुदाँ ट्र्याक्टर चालकको घटनास्थमै मृत्यु

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०७:३६

डाेटी।डोटीको पूर्वीचाैकी गाउँपालिका–७ पोखरीको तीनट्टेमा से १ त ७८३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा गौरीगङ्गा नगरपालिका–४ का ट्र्याक्टर चालक ज्ञानबहादुर चौधरी रहेका छन् ।

दुर्घटनामा परि अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल गम्भीर घाइते हुनुभएकाे छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकाे प्रहरीले जानकारी दिएको छ। ट्र्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको होटल घिमिरेबाट लागूऔषधसहित दैलेखका थापा पक्राउ

१५ चैत्र २०७८, मंगलवार ०७:३६
सुर्खेत।जिल्लाको वीरेन्द्रनगर -६ बाट लागूऔषध (ब्राउनसुगर)सहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले सोमबार साँझ ५ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ घिमेरे होटलबाट दैलेखको नारायणनगर नगरपालिका–२ का २७ वर्षीय अर्जुन थापा रहेका छन् ।प्रहरीले उनको साथबाट शुद्ध २० मि.लि […]