सुर्खेतको होटल घिमिरेबाट लागूऔषधसहित दैलेखका थापा पक्राउ

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०७:५३

सुर्खेत।जिल्लाको वीरेन्द्रनगर -६ बाट लागूऔषध (ब्राउनसुगर)सहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले सोमबार साँझ ५ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ घिमेरे होटलबाट दैलेखको नारायणनगर नगरपालिका–२ का २७ वर्षीय अर्जुन थापा रहेका छन् ।प्रहरीले उनको साथबाट शुद्ध २० मि.लि ग्राम (ब्राउनसुगर)जस्तो देखिने खहिरो धुलो पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिप्रका सुर्खेतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन

१५ चैत्र २०७८, मंगलवार ०७:५३
काठमाडौँ।हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । अस्ति आइतवार ४१ र हिजो सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से आज मङ्गलवार १४ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय २७ दशमलव ५८ विन्दुमा झरेको छ । आज होटलबाहेक सबै समूहको शेयर घटेको छ । […]

सम्बन्धित शीर्षक