स्वीडेनमा माग्डालेना एन्डर्सन पहिलो महिला प्रधानमन्त्री

कर्णाली अनलाइन ८ मंसिर २०७८, बुधबार १०:४८

एजेन्सी।उत्तरी युरोपको देश स्वीडेनले बुधबार सरकार प्रमुखका रुपमा पहिलो महिला प्रधानमन्त्री पाएको छ।समाचार संस्था एपीका अनुसार स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको हो।

यसअघि एन्डर्सन स्वीडेनको अर्थमन्त्री थिइन्। उनी केही समयअघिमात्र सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ चुनिएकी थिइन्।नेतृ एन्डर्सनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गर्नेछिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्ट बस्दै

८ मंसिर २०७८, बुधबार १०:४८
काठमाडौँ ।सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बिहीबार दिउँसो बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ।गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा […]