सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्ट बस्दै

कर्णाली अनलाइन ९ मंसिर २०७८, बिहीबार ०३:५९

काठमाडौँ ।सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बिहीबार दिउँसो बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ।गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्।

बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर गोलाप्रथा लागू हुने मिति तय गर्ने सहमति भएको थियो।

न्यायाधीशहरुले गोलाप्रथामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहभागी नहुने प्रतिबद्धता खोजेका छन्। बिहीबार दिउँसो बस्ने फुलकोर्ट बैठकबाट सो प्रतिबद्धता राणाबाट औपचारिक रुपमा गराउने पक्षमा न्यायाधीशहरु छन्।

गएको सोमबार प्रकाशित संशोधित नियमावलीमा गोलाप्रथा लागू गर्ने बाटो खुले पनि मिति भने पुनः तोक्नुपर्ने व्यवस्था गरिएको छ।फुलकोर्टको निर्णयलाई कानुन मन्त्रालय हुँदै मुद्रण विभागले राजपत्रमा प्रकाशित गरेपछि गोलाप्रथा कार्यान्वयन गर्न बाटो खुल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायत जाँदै गरेको आप्रवासी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु

९ मंसिर २०७८, बिहीबार ०३:५९
एजेन्सी।बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१ जना डुबेको बताएका थिए, तर पछि उनीहरुले मृत्यु हुनेको संख्या २७ रहेको उल्लेख गरेका हुन् । मृत्यु […]