राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०४:४४

काठमाडौँ ।कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट कान्तिपुरलाई जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए ।

निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा महामन्त्रीमा धवलशमशेर राणा विजयी,पदाधिकारीमा थापा प्यानलको वर्चस्व

१९ मंसिर २०७८, आईतवार ०४:४४
काठमाडौँ ।राष्ट्रिय प्रजानतन्त्र पार्टीको महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देन प्यानलका राणा २२२१ मत ल्याएर विजयी भएका हुन्। उनले थापा प्यानलका भास्कर भद्रालाई हराएका हुन्। पराजित भद्राले १५६७ मत ल्याएका छन्।तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्। पाठकले १७०५ […]