राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

कर्णाली अनलाइन १६ फाल्गुन २०७९, मंगलवार २२:१२

दाङ।नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।

रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।

उनले भने, ‘पछिल्लो समय युवा पिँढी कुलतमा फसिरहेको अवस्था छ। खेलले युवालाई कुलततर्फ जानबाट रोक्छन् तर राज्यले यता कुनै ध्यान दिएको छैन। देशमा पहाडी क्षेत्रमा पहिलो पटक दाङमा यो खेल भएको छ। यस्ता खेलहरू सबै ठाउँमा हुन जरुरी छ। यसतर्फ प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनु पर्छ।’

उनले राज्यले अन्य खेलहरूलाई व्यावसायिक रुपमा अगाडि बढाएको भए पनि कुस्तीलाई चासो नदिएकाले नेपालमा यो खेल नौलो हुने गरेको पनि बताए।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट ३ जना कुस्तीमा सहभागी भए पनि अन्य प्रदेशका खेलाडीहरूलाई त्यहाँको सरकारले राम्रो सुविधा उपलब्ध दिएको तर आफूहरूलाई स्थानीय तह‚ प्रदेश र केन्द्र कसैले पनि चासो नदिएको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपाले लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

१६ फाल्गुन २०७९, मंगलवार २२:१२
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपाले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाबाट कर्णाली […]