निर्वाचन आयोगले सोध्यो बालेनलाई स्पष्टीकरण

कर्णाली अनलाइन १९ कार्तिक २०७९, शनिबार १७:५१

काठमाडौँ।निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई स्पष्टीकरण सोधेको छ।

‘हाम्रो नेपाली पार्टी’का विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले ‘जय लौरो’ नामक फेसबुक पेज बनाएको र त्यसमा ‘बालेनको पनि साथ छ’ भनेर प्रचारप्रसार गरिएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको हो।

आयोगले शाहलाई शनिबार पत्र काट्दै दुई दिनभित्र जवाफ दिन भनेको हो।आयोगले उनलाई ‘अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको सम्बन्ध छ कि छैन?’ भनेर सोधेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढ्यो

१९ कार्तिक २०७९, शनिबार १७:५१
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]

सम्बन्धित शीर्षक