सप्तरीमा बियरको बोतल प्रहार गरी महिलाको हत्या

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ०५:०५

सप्तरी। जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ की करिब ५२ वर्षीया महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

आइतबार साँझ घरबाट खरानी लिएर खेतमा गएकी भुटनीदेवी यादव सम्पर्कविहीन भएकी थिइन्। तर आज उनको शव फेला परेको प्रहरीले जनाएको छ।महिलालाई बियरको बोतल प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रवक्ता काफ्लेले प्रहरीले अनुसन्धान थालेको तथा थप अनुसन्धानका लागि कुकुरसहितको टोली बोलाइएको जानकारी दिए।प्रहरीका अनुसार घटनास्थलमा फुटेको बियरको बोतल फेला परेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई तालिबानको चेतावनी

१२ पुष २०७८, सोमबार ०५:०५
एजेन्सी ।तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ।तालिबान सरकारका विदेशी राजनीतिक मामिला उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न नहुने बताएका छन्। अब आफूहरु स्वतन्त्र देश रहेको र स्वतन्त्र रुपमा निर्णय लिइरहेको उनले बताएका छन्। उपमन्त्री स्टानिकजईले भने, ‘चार दशकमा पहिलोपटक हाम्रो […]