सिंहको समर्थन देउवालाई

कर्णाली अनलाइन २८ मंसिर २०७८, मंगलवार ०५:५६

काठमाडौँ।कांग्रेस सभापतिको दास्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबादुर देउवालाई सहयोग गर्ने भएका छन्।सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएपछि सभापतिका प्रत्यासी सिंहले देउलालाई समर्थन गर्ने भएका हुन्।

सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारी पुगेका थिए। उनीहरुबीच भर्खरै सहमित भएको सिंहका सहयोग युपी लामिछानेले जानकारी दिए।सिंहले के शर्तमा देउलालाई समर्थन गरे भन्न खुल्न बाँकी छ।

मंगलबार बिहान आएको निर्वाचन परिणामअनुसार देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाएका छन्।सिंहले ३७१ अर्का उम्मेद्वार विमलेन्द्र निधिले २५० र कल्याण्ड गुरुङले २२ मत पाएका छन्। देउवालाई सभापतिमा दोस्रो कार्यकालमा निर्वाचित हुने ८२ मत अपुग भएको छ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र संसदीय दलको बैठक सकियो, के भए निर्णय ?

२८ मंसिर २०७८, मंगलवार ०५:५६
काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्णय गर्दै सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकले राष्ट्रियसभा दलका प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ। त्यस्तै, २१ सदस्यीय संसदीय बोर्डको गठन गरेको छ। […]