माओवादी केन्द्र संसदीय दलको बैठक सकियो, के भए निर्णय ?

कर्णाली अनलाइन २८ मंसिर २०७८, मंगलवार ०६:१८

काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्णय गर्दै सकिएको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठकले राष्ट्रियसभा दलका प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन गरेको छ।

त्यस्तै, २१ सदस्यीय संसदीय बोर्डको गठन गरेको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका विषयको जवाफ दिएका थिए। उनले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। बैठकले सर्वदलीय बैठक बस्ने र संसदको गतिरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ।

संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो। संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद्का दुबै सदनको पहिलो बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ। पहिलो बैठकमा दुबै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइने छ।@lokpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस महाधिवेशन:सभापतिकका लागी दोस्रो चरणको मतदान साढे ३ बजे, कसले मार्ला बाजी?

२८ मंसिर २०७८, मंगलवार ०६:१८
काठमाडौँ । नेपाली कांग्रेसको सभापति चयनका लागि हुने दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । मतदानको अवधि साढे ७ बजेसम्मका लागि तोकिएको छ । पहिलो चरणमा […]