काठमाडौं। नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशको पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना महाशाखाले जनाएको छ।

