
काठमाडौँ। सन्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन । आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ।
ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछाने आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौँबाट उम्मेदवारी दिन चाहेका छन।तर स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निमार्ण गर्ने निधोमा लामिछाने पुगेका छन।
संघिय चुनावमा समानुपातिकतर्फ आफनो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ।रवि स्वयम्भने प्रत्यक्षमा नै लड्ने छन । लामिछानेले काठमाडौँको बसुन्धारामा आफनो कार्यालय स्थापना गरिसकेका छन ।ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन।

