सुर्खेत।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विहिवार (आज)सुर्खेत आउने भएका छन।
स्थानीय तह निर्वाचन २०७९ मा पार्टीबाट निर्वाचित भएका कर्णालीका जनप्रतिनिधिलाई बधाई दिन अध्यक्ष नेपाल सुर्खेत आउन लागेका हुन। कार्यक्रममा अध्यक्ष नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् जेष्ठ नागरिकलाई सम्मान गर्ने छन,भने प्रदेश कमिटि बैठकलाई प्रशिक्षण दिने समेत कार्यक्रम तय गरिएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालले जानकारी दिए। कार्यक्रम विहान ९ बजे सुर्खेतस्थित होटल शुभमा हुनेछ।