पार्टीबाटै निकालिए विप्लव, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन

कर्णाली अनलाइन २६ बैशाख २०७९, सोमबार ११:१६

काठमाडौं ।पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसद्‍वादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी दिए।

कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नु परेको बास्तोलाले बताए।

उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे।

‘महासचिव विप्लव समूहले कतिपय केन्द्रिय सदस्यहरूलाई नै एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा उठाउने जस्तो संसद्‍वादमा लालायित भएपछि आफूहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौं’, संयोजक बास्तोलाले भने, ‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं। केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरूले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौं।’

सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिबद्ध रहेको पनि जनाएको छ।@Thahakabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पक्राउ

२६ बैशाख २०७९, सोमबार ११:१६
बैतडी। डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।डिलाशैनी-५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै […]