घनश्यामले पाए त्रिभुज चिन्ह

कर्णाली अनलाइन २६ आश्विन २०७९, बुधबार १७:३३

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चिन्ह पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई चुनाव चिन्ह वितरणका क्रममा भूसाललाई त्रिभुज दिएको हो। भूसालले चुनाव चिन्ह पाएपछि आफ्नो फेसबुक पेजमा ‘त्रिभूज’ राख्दै भोट मागेका छन्।

उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको संज्ञा दिएका छन्। टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेको घोषणा गरेर भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने रावलको घोषणा

२६ आश्विन २०७९, बुधबार १७:३३
काठमाडाैँ।नेकपा एमालेका नेता डा.भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन्।उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्ताे बताएका हुन्। आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने नेता रावलले बताए।उनले पार्टीमा सधैँ दमन र बहिष्करणमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख […]