बालुवा खानीमा पुरिएर जुम्लामा दुई जनाको मृत्यु

कर्णाली अनलाइन १० मंसिर २०७८, शुक्रबार १०:४४

जुम्ला। बालुवा खानीमा पुरिएर जुम्लामा दुई जनाको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँदा सोही वडा निवासी वर्ष १९ कि निली रावत र उहाँकी बहिनी नाता पर्ने वर्ष १५ की निरमाया रावतको मृत्यु भएको हो ।

शुक्रबार विहान ठीक ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्कीदा पुरिएर दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको तिला ९ का स्थानीय तथा अनेरास्ववियु जुम्लाका कार्यालय सचिव बिन बहादुर रावतले जानकारी दिनुभयो । घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोष टाढा रहेको छ ।

स्थानीयबाट घटना भएको खबर प्राप्त भए लगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल तर्फ गएको र मुचुल्काको लागि जिल्ला जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाँइले बताउनुभयो । उहाँका अनुसार प्रहरीको मुचुल्का र घटनाको प्रकृति हेरेर पिडितलाई राहत उपलब्ध गराईने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशनमा प्रविधि उच्च प्रयोग : मत माग्ने नौलो तरिका

१० मंसिर २०७८, शुक्रबार १०:४४
काठमाडौँ ।नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरुले मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन्।देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरुले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन्। एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो। आउट बण्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको […]