न्यूनतम साझा कार्यक्रमको मस्यौदा ओलीलाई बुझाइयो

कर्णाली अनलाइन २३ पुष २०७९, शनिबार २०:२३

काठमाडौँ।कार्यदलले  ‘न्यूनतम साझा कार्यक्रम’को मस्यौदा आज बुझाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख उपस्थितिमा न्यूनतम साझा कार्यक्रमको कार्यदलले तयार पारेको प्रतिवेदन उपप्रधानमन्त्री विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई बुझाएका छन्।

एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको थियो।

उक्त कार्यदलमा एमालेका तर्फबाट अर्थमन्त्री पौडेल‚ माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवारः अध्यक्ष नेपाल

२३ पुष २०७९, शनिबार २०:२३
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए। उनले […]