निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०८:३४

काठमाडौं ।स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।सर्लाहीको हरिवन नगरपालिका-१ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्।

निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् ।एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेलाई तालाचाबी बुझाउँदै गजेन्द्रले भने : मन लागे मात्रै संसद्‍ खोल्नुस्

१४ जेष्ठ २०७९, शनिबार ०८:३४
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रमुख  प्रतिपक्षी दल नेकपा एमालेलाई सभामुखमार्फत संसदमा तालाचाबी बुझाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा तीन घण्टा लामो सम्बोधनपछि सत्तापक्षको सांसदहरुले त्यसको जवाफ दिएपछि एमालेले संसद् अवरोध गरेपछि व्याङ्य गर्दै संसदमा तालाचाबी बुझाएका हुन्। उनले एमालेप्रति कटाक्ष गर्दै भने, ‘प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन […]

सम्बन्धित शीर्षक