एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कर्णाली अनलाइन ७ चैत्र २०७८, सोमबार ११:०६

काठमाडौँ।एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ। सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सोमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरुङले बताए। मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन सुर्खेत प्रशासनको अनुरोध

७ चैत्र २०७८, सोमबार ११:०६
वीरेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । प्रशासनले सोमबार एक सुचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँनेगरि प्रहरीलाई बुझाउन अनुरोध गरेको हो । उक्त जारी सुचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी […]