श्रीमतीलाई बलात्कारकाे अभियाेगमा साढे तीन वर्ष कैद

कर्णाली अनलाइन ३ फाल्गुन २०७८, मंगलवार ११:१२

धनगढी।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका अछामका युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ।उच्च अदालत दिपायलले वैवाहिक बलात्कारका आरोपीलाई तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। २०७७ असोज २३ मा सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन्।

पीडितका साक्षीका रुपमा छिमेकीहरूले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी बयान दिएका थिए। तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए।

०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितका श्रीमानलाई सफाइ दिएको थियो। सोमबार उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कैदको फैसला गरेको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा जिप दुर्घटनाहुँदा घटनास्थलमै एकको मृत्यु ,६ घाइते

३ फाल्गुन २०७८, मंगलवार ११:१२
         दैलेख । जिल्लाको महाबु गाउँपालिकामा  जीप दुर्घटना भएको छ । सदरमुकामबाट महावु गाउँपालिकाकाे काँशीकाध जाँदै गरेकाे वाग्मती प्रदेश ०१-०२६ च ५२६४ नम्बरकाे बाेलेराे जीप फागुमा दुर्घटना भएको हाे । दुर्घटनामा महावु गाउँपालिका-४ फागुका ४० वर्षीय रामबहादुर हमालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले […]

सम्बन्धित शीर्षक