राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट तीन सिटका लागि ६ जनाको उम्मेद्वारी दर्ता

कर्णाली अनलाइन २० पुष २०७८, मंगलवार ११:०९

सुर्खेत । राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदबहादुर माझि (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख/उप–प्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशका विभिन्न ठाउँमा गएराति भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

२० पुष २०७८, मंगलवार ११:०९
काठमाडौं : देशका विभिन्न ठाउँमा गएराति भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।  ललितपुरको कुपण्डोलमा गएराति मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन् । बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल गएराती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा घाइते […]