देशका विभिन्न ठाउँमा गएराति भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

कर्णाली अनलाइन २१ पुष २०७८, बुधबार ०३:५८

काठमाडौं : देशका विभिन्न ठाउँमा गएराति भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।  ललितपुरको कुपण्डोलमा गएराति मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

एक जना भने घाइते भएका छन् । बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल गएराती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका-९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालकको भने राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।

यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका १ खप्तडीवाङमा गएराति मोटरसाइकल पल्टिदा चालक निसिखोला गाउँपालिका ७ का ३३ वर्षीय लिला तामाङको मृत्यु भएको छ। दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सोही ठाउँका ३८ वर्षीय सागर तामाङको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ।

पर्वतको विहादी गाउँपालिका ६ बिसुन डाँडामा ट्याक्टर पल्टिँदा च्यापिएर चालक बिहादी गाउँपालिका ५ का ३० वर्षीय मुक्ति पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक कमलामाई ६ का २७ वर्षीय शिव कुमार खत्रीको मृत्यु भएको छ । ज १ त ६३८७ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०२१ प ७६०८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकामा एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिए

२१ पुष २०७८, बुधबार ०३:५८
काठमाडौं : अमेरिकामा एकै दिन झण्डै ११ लाख जना कोरोना संक्रमण पुष्टि भएको छ। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिएका हुन्। विश्वभर कुनै पनि देशमा अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएका छैनन्। हाल अमेरिकामा भेटिएका सङ्क्रमतिमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ। स्वास्थ्य अधिकारीहरुले […]