अमेरिकामा एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिए

कर्णाली अनलाइन २१ पुष २०७८, बुधबार ०४:४४

काठमाडौं : अमेरिकामा एकै दिन झण्डै ११ लाख जना कोरोना संक्रमण पुष्टि भएको छ। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिएका हुन्।

विश्वभर कुनै पनि देशमा अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएका छैनन्। हाल अमेरिकामा भेटिएका सङ्क्रमतिमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ। स्वास्थ्य अधिकारीहरुले तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको चेतावनी दिएका छन्।

सरकारको चर्को आलोचनाका बाबजुद राष्ट्रपति जो बाइडेनले संक्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्।  बच्चा स्कुलमा सुरक्षित रहने आफ्नो विश्वस रहेको बाइडेनको भनाइ छ। संक्रमित ह्वात्तै बढेपनि यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीको संख्या अहिले कम रहेको छ। यद्यपि राष्ट्रपति बाइडेनले बढ्दो संक्रमणका कारण मानिसहरुमा चिन्ता र केही भ्रम देखिएको स्वीकार गरेका छन्।

अस्पताल भर्ना हुनुपर्ने र मृत्यु हुनेमा धेरैजसो खोप नलागएकाहरु रहेको भन्दै राष्ट्रपति बाइडेनले देशमा पर्याप्त मात्रामा उपलब्ध भएकाले अनिवार्य खोप लगाउन अपिल गरेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा जिप दुर्घटनाहुँदा एकजनाको मृत्यु‚ आठ घाइते

२१ पुष २०७८, बुधबार ०४:४४
दैलेख : भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई-१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला […]