दैलेखमा जिप दुर्घटनाहुँदा एकजनाको मृत्यु‚ आठ घाइते

कर्णाली अनलाइन २१ पुष २०७८, बुधबार ०५:४७

दैलेख : भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्।

लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक भगवतिमाई-१ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।

शाहका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जिप दुर्घटना हुनको कारण खुल्न सकेको छैन।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हनुमानस्थानमा कांग्रेस कोइराला समूहको बैठक

२१ पुष २०७८, बुधबार ०५:४७
काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्।महाधिवेशनपछि पार्टीभित्रको शक्ति संघर्षमा नयाँ ध्रुवीकरण भएको अवस्थामा सभापतिका प्रत्यासी कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशनको समीक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक बुधबार दिउँसो २ बजे हनुमानस्थानस्थित बसेरा होटलमा बस्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। […]