२४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार १०:५२

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ।

बिहीबार १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ७ हजार २८ पीसीआर तथा २ हजार ७६१ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धन जोगाउँदै एमसीसीलाई निकास दिनेमा हाम्रो जोड छ: अध्यक्ष प्रचण्ड

५ फाल्गुन २०७८, बिहीबार १०:५२
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । आज बेलुका ५ […]