गठबन्धन जोगाउँदै एमसीसीलाई निकास दिनेमा हाम्रो जोड छ: अध्यक्ष प्रचण्ड

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार ११:०७

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । आज बेलुका ५ बजे सत्ता संयन्त्रको निर्णायक बैठक बस्न लागेको र त्यहाँ गम्भीर छलफल हुने उहाँकाे भनाइ छ ।

‘हामी पाँच दलको सत्ता गठबन्धनलाई कसरी जोगाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमा केन्द्रित छाैँ । आज एउटा निचोड निस्किन्छ, हाम्रो जोड चाहिँ गठबन्धन बचाउनेमै छ’, प्रचण्डले भन्नुभयो ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रबार पनि एमसिसी संसदमा टेबल नहुने

५ फाल्गुन २०७८, बिहीबार ११:०७
   काठमाडौँ ।शुक्रबार बस्ने संसदको बैठकमा पनि एमसिसी टेबल नहुने भएको छ।बालुवाटारमा बसेको पाँच दलको बैठकले भोलि पनि थप छलफल गर्ने र सहमतिका साथ अघि बढ्ने सहमति भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। तीन घण्टा लामो छलफलपछि कार्कीले भने, फागुन १६ गतेसम्म एमसिसी पारित गर्नुपर्छ। प्रधानमन्त्रीमा त्यही भन्नुुभयो। भोलि फेरि […]