पहिरोले दूधकोशी थुनियाे, १२ घर जोखिममा

कर्णाली अनलाइन २४ कार्तिक २०७८, बुधबार ०७:४२

काठमाडौं : सोलु करिडोरअन्तर्गत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-३ जयराम-सोलुदूधकुण्ड खण्डमा सुक्खा पहिरो झर्दा दूधकोशी थुनिएको छ। वडा ३-उँबुका अध्यक्ष मेडल राईका अनुसार पहिरोले कोशी थुनिएको र विस्तारै पानीको बहाव बढ्दै जाँदा त्यस क्षेत्रका १२ घर जोखिममा परेका छन्।

अध्यक्ष राईले अहिले नै ताल जमेर करिब चार मिटर उचाइ बहाव बढेको जानकारी दिए। उनले भने,‘तीन वर्ष अगाडि नै सडक खन्न सुरु गरिएको थियो,वर्षातको समयमा मात्र थोरै थोरै माटो झरेको थियो,यसपालि धेरै वर्षा भयो,त्यसैले होला अहिले सुक्खा पहिरो झर्दै छ।’

उनका अनुसार तत्कालै थुनिएको पानी निकास दिन नसके आफैँ फुटेर वडा-३ क्षेत्र,जयराम बजार प्रभावित हुने देखिएको छ। त्यस्तै,खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा-१ क्षेत्र पनि प्रभावित हुने उनले बताए।

‘खोटाङबाट काठमाडौं जाने सवारीसाधन जयाराम हुँदै जाने हो,अब यही समस्याका कारण जान नै नपाउने अवस्था आउन लागेको छ,’उनले भने। थुनिएको ताल कसरी  निकास दिने भन्नेबारे सडक डिभिजन हर्कपुरसँग छलफल भइरहेको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकसेवाले माग्यो स्वास्थ्य सेवामा ठूलो संख्यामा कर्मचारी

२४ कार्तिक २०७८, बुधबार ०७:४२
काठमाडौं। लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ। आयोगले स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा विज्ञापन खुला गरेको हो।खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरिएको हो।यी हुन् विज्ञापन गरिएका पदहरू–