आज घोडेजात्रा पर्व मनाइँदै : काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ०५:३३

काठमाडौँ।आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।

नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन हुन्छ ।टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बिउ रोप्ने चलन छ । आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंकामा आर्थिक संकट : राष्ट्रपति भवनमा आक्रमणको प्रयास, राजधानी कोलम्बोमा कर्फ्यु

१८ चैत्र २०७८, शुक्रबार ०५:३३
एजेन्सी।गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गर्ने प्रयास गरेका हुन् । गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको समाचार संस्था रोयटर्सले […]

सम्बन्धित शीर्षक