सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

कर्णाली अनलाइन ४ असार २०७९, शनिबार १९:४७

सल्यान।वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ। जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो।

सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनामार्फत् अमेरिकाले एसपीपी सम्झौताको प्रयास गर्नु गम्भीर: पुन

४ असार २०७९, शनिबार १९:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले नेपाली सेनामार्फत् अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को सम्झौता गर्ने प्रयास गर्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । नेता पुनले परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत् आउनु शंकास्पद र गम्भीर भएको बताएका छन् । उनले भने, ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत् […]

सम्बन्धित शीर्षक