एमालेले बोलायो सचिवालय बैठक

कर्णाली अनलाइन १ फाल्गुन २०७८, आईतवार ११:००

काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले) ले पार्टीको आगामी कदमबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ।

बैठक आइतबार साँझ ६ बजेका बोलाइएको छ।महाअभियोगका विषयमा छलफल गर्न सोमबार बिहान ११ बजे डाकिएको संसदीय दल बैठकका विषयबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।सोमबार नै दिउँसो २ बजे सभामुख अग्नि सापकोटाले महाअभियोगबारे छलफल गर्न सर्वदलीय बैठक पनि बोलाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 पछिल्लो २४ घन्टामा देशभर ५२१ जना संक्रमित, १० जनाको मृत्यु

१ फाल्गुन २०७८, आईतवार ११:००
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५२१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो समयमा १० हजार ११५ जनामा गरिएको परीक्षणमा ५२१ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ हजार ९३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर २२ हजार ५८४ जना […]