बाेरिस जाेनसन अचानक युक्रेनमा, गरे युक्रेनी सेनालाई तालिम दिने घाेषणा

कर्णाली अनलाइन ४ असार २०७९, शनिबार १०:०८

एजेन्सी।बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन्। उनी शुक्रबार युक्रेन पुगेका हुन्।किभमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगकाे भेटवार्तामा जाेनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रमकाे घोषणा गरेका छन्। यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो।

बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोनसनको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको बताएका छन्।किभको भ्रमण गर्नुअघि प्रधानमन्त्री जोनसनले उत्तरी इंग्ल्याण्डमा आफ्ना केही सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो। तर अन्तिम समयमा त्यो कार्यक्रम रद्द भएकाे थियाे।

अर्कोतर्फ, सांसदहरूको समूहका अध्यक्ष ज्याक बेरीले जोनसनको अचानक युक्रेन भ्रमणलाई लिएर प्रधानमन्त्रीको योजना निश्चित रूपमा परिवर्तन हुन सक्ने बताएका छन्।बोरिस जोनसनको पार्टीमा युक्रेन युद्धमा बेलायतको अडानप्रति सकारात्मक प्रतिक्रिया आएको छ। उनले यो संकटलाई राम्ररी सम्हालेको उनको पार्टीको विश्वास छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलामी सवार गाडी दुर्घटना

४ असार २०७९, शनिबार १०:०८
धादिङ। धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो। राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी […]