छिन्चुदेखी सुर्खेत आउँदै गरेको हाईलेक्स दुर्घटनाहुदा घटनास्थलमै ४ को मृत्यु, १ घाइते

कर्णाली अनलाइन ८ माघ २०७९, आईतवार ०७:५१

सुर्खेत। रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१-०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार विहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ७ बस्ने चालक बर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने बर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने बर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने बर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको छ । यस्तै, दैलेख भैरबी गाउँपालिका ५ बस्ने बर्ष २५ का बिरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राजिलका सेना प्रमुख बर्खास्त

८ माघ २०७९, आईतवार ०७:५१
काठमाडौं। ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन्।दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ। लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन् भने दर्जनौं सैनिक […]