रोपाइँ गर्न खेतमा पुगे विप्लव (तस्बिरहरु)

कर्णाली अनलाइन ६ असार २०८०, बुधबार १७:२०

 

काठमाडौँ।असार लागेसँगै देशभर किसानहरुलाई धान रोपाइँको चटारो छ। किसानहरुको दैनिकी यतिबेला खेतमै बितिरहेको छ।काठमाडौँ उपत्यकामा पनि यतिबेला किसानहरु  रोपाइँमा व्यस्त छन्। उपत्यकामा हरेक दिनजसो पानी परिरहेको हुँदा पनि किसानलाई रोपाइँ गर्न सजिलो भएको छ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि बुधबार रोपाइँ गर्न खेतमा पुगेका छन्। उनी ललितपुरको हात्तिवनमा आयोजना गरिएको धान रोपाइँ कार्यक्रमा सहभागी भएका हुन्। नेकपाको आयोजनामा कार्यक्रम गरिएको हो।

त्यसक्रममा उनले राज्यको गलत नीतिका कारण सामान्य खान बस्नका लागि पनि विदेशीको मुख ताक्नुपर्ने अवस्था रहेको उनले बताए। नेपालजस्तो देशका नागरिक पैसा खोज्न मरुभूमिमा जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

उनले भने, ‘राज्यको गलत आर्थिक नीति र शासक वर्गहरुको परनिर्भर चरित्रका कारण सामान्य खान बस्नका लागि पनि विदेशीको मुख ताक्ने, भिख माग्ने अरुबाट मागेर मोजमस्ती देखाउने, त्यो खालको यो परनिर्भर दला प्रवृति छ। यसलाई हामीले तोड्नै पर्छ।

मरुभूमिमा पैसा खोज्न जाने देश हो हामी। जबकि नेपालको जमिनले ६ करोडभन्दा बढी नेपालीलाई खान पुग्छ। हामी ढाइ करोड पनि छैनौँ। तीन महिना पनि खान पुग्दैन।’

 

उनले थपे, ‘६५ प्रतिशतभन्दा बढी जनता नेपालमा कृषिमा आधारित छन्। तर, योगदान हेर्नु भो भने जम्मा २७ प्रतिशत छ। यस्तो खालको विजोग बनाउने, यो देशलाई, जनतालाई यस्तो बनाउने भनेको दलाल पुजीबाँदी सत्ता हो।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै चल्ने

६ असार २०८०, बुधबार १७:२०
काठमाडौं । साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै चल्ने भएका छन् । सरकारले यी मुद्दा जिल्ला अदालतहरूबाटै नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामासमेत जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् […]