काठमाडौं।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य १०० रूपैयाँ बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रूपैयाँ तोकिएको छ। जसको मूल्य गत शुक्रबार प्रतितोला ९६ हजार रूपैयाँ तोकिएको थियो।
त्यस्तै‚ आइतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार ३०५ रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९७ डलर आसपास कारोबार भइरहेको छ।

