सेनाद्वारा‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर बम डिस्पाेज

कर्णाली अनलाइन ८ फाल्गुन २०७८, आईतवार ०७:३३

दाङ।दाङमा नेपाली सेनाले प्रेसर कुकर बम निष्क्रिय पारेको छ। ‘नो एमसीसी’ लेखेर पूर्व पश्चिम राजमार्ग किनारमा अज्ञात समूहले प्रेसर कुकर बम राखेको थियो। आइतबार नेपाली सेनाको टोलीले उक्त बम निष्क्रिय पारेको हो।

लमही नगरपालिका- ७ स्थित पूर्व पश्चिम राजमार्गको पदमिनी खोला नजिकै सडक किनारमा राखिएको शंकास्पद वस्तु (प्रेसर कुकर बम) नेपाली सेनाले डिस्पोज गरेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

सडक किनारमा बम राखेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुगेका थिए।

प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पाेज गरेकाे हाे। नेपाली सेनाकाे रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलीका मेजर सन्तोष खत्रीको कमान्डको टोलीले बम डिस्पोज गरेको थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

८ फाल्गुन २०७८, आईतवार ०७:३३
भक्तपुर। भक्तपुरमा टिपरले ठक्कर दिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो । सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको टिप्परले शनिबार राति करिब १० बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार ती बालिका स्थानीय […]